१५ असार २०८१, शनिबार

नेपाल प्रहरीका ४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस


प्रहरी प्रधान कार्यालय

काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । हिजो शुक्रबार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले ४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप–नियम (४) अनुसार जनपद प्रहरी समूहतर्फको रिक्त चार एसएसपी पदमा एसपीहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

एसएसपी बढुवा सिफारिसमा पर्ने एसपीहरूमा पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी रहेका छन् भने दोस्रो नम्बरमा रबिन्द्र रेग्मी, तेस्रोमा भीम बहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरूङ रहेका छन् ।
.
अधिकारी गण्डकी प्रदेश गण पोखरामा कार्यरत, रेग्मी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत, दाहाल कोशी प्रदेश प्रहरी गण विराटनगर मोरङमा कार्यरत, गुरूङ बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशामा कार्यरत रहेका छन् ।

नेपाल प्रहरीका ४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !