१५ असार २०८१, शनिबार

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ


सीबी लामा

काठमाडौं । प्रहरीले कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर लामा (सीबी लामा) लाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई चितवनस्थित सिमाबाट पक्राउ गरेको प्रहरीले बताएको हो ।

उनले दुई सहकारीको झन्डै ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ । कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब अपचलन गरेको आरोपमा जाहेरी परेको छ ।

उनी कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका पूर्वअध्यक्ष तथा पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत हुन् । चितवनबाट पक्राउ परेका लामालाई काठमाडौं ल्याइँदै गरेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !