१६ असार २०८१, आइतबार

काबुलबाट १२ नेपालीको शव ल्याइँदै, प्रधानमन्त्री विमानस्थल जाने


nepal airlines

८ असार, २०७३  अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव नेपाल वायु सेवा निगमको विमानबाट बुधबार दिउँसो काठमाडौं ल्याइँदैछ। काबुलबाट दिउसो २:३० बजे शव बोकेको जहाज काठमाडौं आइपुग्ने बताइएको छ।

नेवानिको आए २४४२ एयरबस बिहान साढे ३ बजे काबुलका लागि उडेको थियो। काबुलबाट नेपाल फर्किने समय २:३० भएको बताइएको छ। विमानको लाइभ अपडेट दिने फ्लाइटराडरका अनुसार बिहान ११ सम्म नेवानिको जहाज काबुल अन्तर्राष्ट्रिय विमानस्थल पार्किङमा छ।

तकको शव काठमाडौं ल्याइपुर्‍याइँदा प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाने तयारीमा छन्। प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थल जाने कुराको जानकारी विमानस्थलस्थित सेना, प्रहरी तथा अध्यागमनका उच्च कर्मचारीहरुलाई दिइएको छ। प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले विमानस्थल जानका लागि प्रधानमन्त्री अाेलीका अन्य कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !