२० पुस २०८१, शनिबार

कोलम्बियामा नयाँ राष्ट्रपति


ebhan dukee

४ असार, बोगोटा । कोलम्बियामा इभान डुके नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँले फार्क विद्रोहीहरूसँग यसअघि भएका शान्ति सम्झौताका प्रतिबद्धताहरु पूर्ण परिमार्जन गर्ने वाचा पनि गर्नुभएको थियो । उहाँ विद्रोहीहरुप्रति अनुदारवादी नेताका रुपमा परिचित हुनुहुन्छ ।

इभान डुके नयाँ राष्ट्रपतिमा चुनिएको खबर निर्वाचन अधिकारीहरुले दिएका छन् । उनीहरुले डुकेले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको र औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बताएका छन् ।

उहाँले केही समयमात्र अघि कोलम्बियाली विद्रोही फार्कसँग भएको शान्ति सम्झौताको बिषयमा आलोचक हुनुहुन्थ्यो ।

शान्ति सम्झौतालाई पूर्ण रुपमा परिमाजन गर्ने प्रतिबद्धता उहाँको निर्वाचनको एक एजेण्डा पनि थियो । सन् २०१६ मा कोलम्बिया सरकारसँग फार्क विद्रोही समूहसँग भएकोे शान्ति सम्झौताको पुनर्लेखन हुनुपर्ने इभानको दावी रहदै आएको छ ।

उहाँका प्रतिद्वन्द्वीमा यहाँका पूर्व वामपन्थी छापामार गुस्ताभो पेट्रो हुनुहुन्थ्यो । उहाँले फार्क विद्रोही समूहसँगको शान्ति सम्झौताको समर्थन गर्दै आउनु भएको छ ।

उहाँले करिब ४१ प्रतिशत मत ल्याउनु भएको छ । उहाँ डुकेको निकटतम प्रतिद्धन्द्धी हुनुहुन्छ ।

राष्ट्रपतिमा इभान निर्वाचित भएपछि कोलम्बियाको फार्क विद्रोही समूहसँग भएको उक्त विवादास्पद शान्ति सम्झौताको भविश्यबारे प्रश्न उठ्नसक्ने विश्लेषकहरुको भनाई छ ।(रासस ÷एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !