१८ बैशाख २०८१, मंगलबार

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश


बिएण्ड सी मेडिकल कलेज

काठमाडौं । सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ । सर्वोच्चले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको लगानीमा रहेको झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आज आदेश जारी गरेको हो ।

सर्वोच्चका न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । सर्वोच्चले यो आदेश जारी गरेसंगै प्रसाईँलाई मेडिकल कलेज सञ्चालनको बाटो खुलेको हो ।

बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर दुई वटा रिटमा सर्वोच्चले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब सो मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको हो ।

मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ गते र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए । उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि जारी विवाद अन्त्य हुने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !