९ असार २०८१, आइतबार

विनोद चौधरी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले पक्राउ नगरी सिधै बयान लिइएको हो : सिआइबी प्रमुख ज्ञवाली


श्यामलाल ज्ञवाली

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ ।

सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो ।

जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले राससलाई जानकारी दिए । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उहाँ भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उहाँलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिए ।

यो पनि पढ्नुहोस्

बाँसबारी जग्गा प्रकरणमा बयान दिएपछि विनोद चौधरीले भने – मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेलाई बुझाउनुपर्दैन

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान सुरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !