२ कार्तिक २०८१, शुक्रबार

स्रोत साधनको अधिकतम उपयोगमा विशेष ध्यान दिन्छु : उद्योगमन्त्री भण्डारी


दामोदर भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशमा रहेका स्रोत साधनको अधिकतम उपयोग गर्ने कुरामा आफ्नो विशेष ध्यान जाने बताएका छन् ।

प्रेस चौतारी नेपाल, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उद्योग तथा खानीसँग सम्बन्धित स्रोत साधनको अधिकतम उपयोगमा विशेष ध्यान जाने बताए ।

सुदूरपश्चिममा सुक्खा बन्दरगाह प्राथमिकताका साथ निर्माण गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउन दु्रत गतिमा काम गरिने मन्त्री भण्डारीको भनाइ छ ।

आफ्नो यो कार्यकाललाई एउटा विशेष अवसरको रुपमा लिएको बताउँदै उनले यहाँका उद्योग व्यवसाय आपूर्तिसँग जोडिएका सुदूरपश्चिमका थुप्रै सम्भावनालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

लगानी सम्मेलनमार्फत अहिले लगानीमैत्री वातावरण किन बन्न सकेन त्यसको एथेष्ट मात्रामा खोजी गरिने उनको भनाइ थियो । उनले बाह्य लगानी भित्र्याउन कानुन तथा नीतिमा रहेका अस्पष्टतालाई हटाएर स्पष्ट नीति तथा कानुन निर्माण गरिने उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !