७ बैशाख २०८१, शुक्रबार

पुर्वमा अविरल बर्षापछि इटहरी डुबानमा, दुईको मृत्यु, जनधनको क्षति


flood

७,असार इटहरी– गए रातिदेखि अविरल रुपमा परेको पानीले टेङ्ग्रा खोलामा आएको बाढीले तटबन्ध कटान गरेर इटहरीका चारवटा वडाका मानव वस्तीमा प्रवेश गर्दा बाढीले इटहरीका ६ सयभन्दा बढी घर डुबानमा परेका छन्।

इटहरी–७ मा खोलाले बाँध कटान गरि मानव वस्तीमा प्रवेश गरेको हो भने गएरातिदेखि परेको भीषण बर्षापछि आएको बाढीले बगाएर इटहरी ४ का ६६ बर्षीय रामबहादुर बराइलीको मृत्यु भएको हो भने इटहरी २२ लविपुरका ५० बर्षीय भानुभक्त तिम्सिनाको करेण्ट लागेर मृत्यु भएको हो । घरको छतमा जमेको पानी फाल्दा हाइटेन्सन लाइनमा परेपछि करेण्ट लागेर उनको मृत्यु भएको हो ।

मानव वस्तीमा बिहान ६ बजे पसेको पानी नियन्त्रण गर्नका लागि सेना, सशस्त्र र जनपथ प्रहरीको टोली  खटिएको  छ।टोलीले बोरामा बालुवा, गिट्टी भरेर नियन्त्रणको काम गरिरहेका छन्। करिब १५ मिटर कटान गरि मानव वस्तीमा प्रवेश गरेको बाढी नियन्त्रण अझै पूर्ण रुपमा आइ सकेको छैन्।

आज कटान गरेको बाढी नियन्त्रणमा आएपनि पुनः बाढी बढ्नासाथ कटान हुने सम्भावना गर्दा इटहरीको वडा नं. ७, ८, ९ र १० का बासीन्दा त्राहीमाम भएका छन् । ‘आज कटान गरेको ठाउँबाहेक अन्यत्र पनि कटान गर्ने सम्भावना छ,’ वडा नं. ७ को एकता टोल बिकास संस्था अध्यक्ष बोधनाथ सुवेदीले भने, ‘अब बाढी आउने वित्तिकै के हुने टुंगो नहुने भो ।’

इटहरीको चारवटा वडासँगै पुरै उपमहानगरपालिका क्षेत्रका वस्तीमा असर पुगेको छ। प्लटिङ् गरेर नयाँ वस्ती भएका ठाउँहरु पुरै डुबानमा परेका छन् । जग्गा कारोबारी गर्नेले मनोमानी ढंगले जग्गा बिक्री गरेर वस्ती बसेकाले गर्दा डुबान भएको हो।

बक्राहा खोला फेरि गाउँ पस्यो , दुईसय घर डुबानमा

मोरङ्गमा पनि गएरातिदेखि नै भएको भिषण वर्षाका कारण बक्राहा खोला फुटेर गाउँ पस्दा मधुमल्लाको ४, ५, ६, ७ र ८ नम्बर वडाका २०० बढी घर डुबानमा परेका हुन् । मधुमल्लाको ४ र ५ नम्बरको दुई ठाउँबाट गरी तीन ठाउँबाट खोला गाउँमा पसेको स्थानीय सन्तोष गौतमले जानकारी दिनुभयो ।

बाढीका कारण अलपत्र परेका मधुमल्ला–५ की भूमिका कार्की, श्रीबहादुर कार्की र मुना खड्कालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा पु¥याइएको छ । बाढीमा परेका स्थानीयलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र मधुमल्लाको टोलीले उद्धार गरेर आफन्त, छिमेकी र स्थानीय विद्यालयमा सुरक्षित स्थानमा राखेको छ ।

खोला गाउँ पसेपछि त्रसित स्थानीय बासिन्दाबीच भागदौडसमेत मच्चिएको थियो । बक्राहा खोलामा बलियो तटबन्ध नहुँदा यस वर्ष पनि खोला आसपासका गाउँ बाढीको उच्च जोखिममा परेका हुन् ।

बर्सेनि बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा स्थानीयले जनधनको क्षति बेहोर्दै आएका छन् । सोही ठाउँमा गत वर्ष पनि बाँध फुटाएर खोला गाउँपस्दा चार वर्षका शिशिर थापाको ज्यान गएको थियो भने मधुमल्ला वडा नं ४, ५, ६ र ८ का सयौँ घर डुबानमा परेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !