६ असार २०८१, बिहिबार

युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा


मनोज मानव

काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतोलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । युट्युबर मानवलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश दिएको हो ।

साइबर अपराध सम्बन्धी मुद्दामा अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको साइबर ब्युरो स्रोतले जनाएको छ । विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको साइबर ब्यूरोले बताएको हो ।

तारा बरालको जाहेरीका आधारमा उनलाई साइबर ब्यूरोले पक्राउ गरेर अनुसन्धान गरेको थियो । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेको थियो । यसअघि उनी साइबर सम्बन्धी मुद्दामा धरौटीमा छुटेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !