१२ असार २०८१, बुधबार

पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक पक्राउ


होटल स्क्वायर

ललितपुर । ललितपुर जिल्लाको पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक पक्राउ परेका छन् । प्रहरीले स्क्वायर होटलकी सञ्चालक ललिता देवकोटा भण्डारीलाई हिजो शनिबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक भण्डारीलाई शनिबार नियन्त्रणमा लिएको हो । जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

सोही विषयमा सजीलका परिवारले प्रहरीमा ज्यान मार्ने उद्योगमा उजुरी दिएका थिए । सोही उजुरी पछि होटल सञ्चालक पक्राउ परेका हुन् । हाल सजीलमान कोमामा पुगेका छन् ।

उनी घाइते भएपछि परिवारले उक्त होटलका सञ्चालकहरू रोमी अर्याल र ललिताविरूद्ध जाहेरी दिएका थिए । अर्का सञ्चालक अर्यालको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !