१८ असार २०८१, मंगलबार

एनसेल सेयर खरिद-बिक्री प्रतिवेदन माघ १५ भित्रै बुझाउने तयारी रहेको छ : सञ्चारमन्त्री शर्मा


रेखा शर्मा फाइल फोटो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल सेयर खरिद-बिक्री प्रतिवेदन माघ १५ भित्रै बुझाउने तयारी रहेको बताएकी छन् ।

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बिहीबारको बैठकमा सञ्चारमन्त्री शर्माले समितिले माघ १५ भित्र प्रतिवेदन बुझाउने जानकारी गराएकी हुन् ।

टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल सेयर खरिद-बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको हो । गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन समिति गठन गरेको थियो ।

समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन् । यो समितिलाई प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएकोमा १५ दिनको सयय थपिएको थियो ।

यस्तै मन्त्री शर्माले टेरामक्स कार्यान्वयन नगर्न निर्देशन दिइएको जानकारी गराएकी छन् । उनले अदालतले पनि गोपनीयताको कानुन र कार्यविधि स्पष्ट नभएसम्म अघि नबढ्न भनेको बताइन् ।

टेलिकम अपरेटरले अनिच्छा देखाएको, मन्त्रालयले पनि कानुन र कार्यविधि बनाएर मात्र अघि बढ्ने निर्यण गरेकाले यो लागु नभएको उनले स्पष्ट पारिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !