१३ आश्विन २०८१, आइतबार

काठमाडौंमा नक्कली मदिरा बनाउने गिरोहका ९ जना सार्वजनिक


नक्कली मदिरा बनाउने गिरोह

काठमाडौं । काठमाडौंमा नक्कली मदिरा बनाउने गिरोहका ९ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा बनाउने गिरोहका ९ जनालाई पक्राउ गरेर सार्वजनिक हो ।

स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादनदेखि बिक्री वितरणमा संलग्न नक्कली रक्सी उत्पादन गर्ने कारखाना सञ्चालकसहित गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

उनीहरूले महंगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको छ । पक्राउ पर्नेहरूमा दुई वटा कारखानाका संचालकसहित ९ जना छन् ।

पक्राउ पर्नेमा रामेछाप घर भई मूलपानी बस्ने २८ वर्षका मनोज खत्री, रामेछाप घर भई कोटेश्वर बस्ने ३६ वर्षका विनोदकुमार कार्की र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने २७ वर्षका मोहन खड्का रहेका छन् ।

त्यस्तै सिन्धुली घर भई मूलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षका सुमन नगरकोटी, सिन्धुली घर भई कोटेश्वर बस्ने ४० वर्षका लेखबिक्रम थापा पनि पक्राउ परेका छन् ।

रामेछाप घर भई मूलपानी बस्ने २३ वर्षका महेश खत्री, २० वर्षका मनिष खत्री र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने १८ वर्षका रोशन कार्की पनि पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष अनुसन्धान टोलीले आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं-५ थलिस्थित भरत थापाको २ तल्ले पक्की घरमा बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गर्दा नक्कली खुकुरी रम, गोल्डेन ओक, सिक्नेचर जस्ता रक्सीहरु बरामद गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !