१६ असार २०८१, आइतबार

नेपालमा पहिलो पटक एन्टी स्नेक भेनम् बनाईने


snake-venom

७,असार २०७३- नेपालमा पहिलो पटक निजी क्षेत्रबाट एन्टी स्नेक भेनम् अर्थात सर्पको टोकाईबाट बच्ने औषधि बनाईने भएको छ । नेपाल सरकारले अहिले वर्षेनी ३० हजार भायल एन्टी स्नेक भेनम औषधि खरिद गर्ने गरेको छ

सुनसरीको इटहरीमा सोमबार पत्रकार सम्मेलन गर्दै एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ प्रा.लि.ले २ वर्ष भित्र आफ्नो उत्पादन शुरु गर्ने जानकारी दिएको छ । करिब ८८ करोडको लागतमा सुनसरीको महेन्द्रनगरमा संचालनमा आउने कम्पनीले प्रति वर्ष १५ लाख भायल औषधि उत्पादन गर्न लागेको हो ।

अहिले भारतबाट आयात हुने औषधिले नेपालमा सर्पको डसाईबाट पीडित भएका विरामीको उपचार भईरहेको छ । सोही औषधि नेपालमै बन्ने हो भने सहज तरिकाले उपचार सम्भव हुने कम्पनीका अध्यक्ष लक्ष्मी प्रसाद फुयालले जानकारी दिनुभयो ।

नेपाल सरकारले अहिले वर्षेनी ३० हजार भायल औषधी खरिद गर्ने गरेको छ । जसको बजार मुल्य करिव ४ करोड पर्न जान्छ । कम्पनीले उत्पादन गर्ने १५ लाख भायल औषधिको बजार मुल्य १३ अर्व ५३ करोड पर्न जान्छ । ठूलो मात्रामा कम्पनीले उत्पादन गर्ने औषधि नेपाल सरकारलाई बेच्ने र बाँकी रहेको औषधि विदेशी बजारमा निर्यात गर्ने कम्पनीको तयारी रहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याँक अनुसार हरेक वर्ष विश्वभर प्रतिवर्ष १ सय ६२ जना व्यक्तिको ज्यान सर्पको टोकाईबाट जाने गरेको छ । नेपालमा पनि एक वर्षमा करिव १ हजार व्यक्तिको मृत्यु सर्पको टोकाईबाट हुने गरेको विभिन्न सर्वेक्षणले देखाएको छ । सरकारले सर्प डसाईको औषधि निशुल्क गरे पनि यसको बेला बेला अभाव खट्किने हुँदा पीडितले अकालमै ज्यान गुमाउनु परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !