१३ आश्विन २०८१, आइतबार

गोली लागेर प्रदर्शनकारीको मृत्यु भएपछि सर्लाहीको बरहथवामा कर्फ्यू


सर्लाही तनावग्रस्त

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवामा एक प्रदर्शनकारीको गोली लागेर मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् ।

सर्लाहीको बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको गोली लागेर मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको हो । सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैया अस्पतालको विषयमा विवाद हुँदा आज शुक्रबार प्रहरीले गोली चलाएको थियो ।

जिल्ला प्रशाशन कार्यालयका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम आज बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्‍म कर्फ्यू आदेश जारी गरिएको हो ।

प्रहरीले आक्रामक आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् । झडपको क्रममा ६ जना प्रहरी र २ जना स्थानीय घाइते भएका छन् ।

अस्पतालको विषयलाई लिएर स्थानीयहरूले नगरप्रमुख कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरीका अनुसार मेयरको घरअगाडि राखिएको एउटा गाडीमा आगजनी भएको छ ।

कर्फ्यू लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न नपाइने उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

सर्लाही तनावग्रस्त, गोली लागेर घाइते भएका प्रदर्शनकारीको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !