१२ श्रावण २०८१, शनिबार

सर्लाही तनावग्रस्त, गोली लागेर घाइते भएका प्रदर्शनकारीको मृत्यु


सर्लाही तनावग्रस्त

काठमाडौं । सर्लाही तनावग्रस्त भएको छ भने टाउकोमा गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु समेत भएको छ ।

सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैया अस्पतालको विषयमा विवाद हुँदा आज शुक्रबार प्रहरीले गोली चलाउदा बरहथवा नगरपालिका–६ का गम्भीर घाइते भएका ३० वर्षीय प्रदर्शनकारी जयशंकर साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आक्रामक आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् । झडपको क्रममा ६ जना प्रहरी र २ जना स्थानीय घाइते भएका छन् ।

अस्पतालको विषयलाई लिएर स्थानीयहरूले नगरप्रमुख कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरीका अनुसार मेयरको घरअगाडि राखिएको एउटा गाडीमा आगजनी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !