५ जेष्ठ २०८१, शनिबार

मन्त्री श्रेष्ठले वितरण गरे २३ घरधुरी हायु जातिलाई फाइबर सिरक


गंगानारायण श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सिन्धुलीका लाेपाेन्मुख हायु जातिलाई फाइबर सिरक वितरण गरेका छन् ।

मन्त्री श्रेष्ठले सिन्धुलीको सुनकाेशि गाउँपालिका वडा नं. २ को हायुटाेलमा बसाेबास गर्दै आएका २३ घरधुरी लाेपाेन्मुख हायु जातिलाई न्यानो फाइबर सिरक वितरण गरेका हुन् । उनले सुनकाेशी गाउँपालिकाकि अध्यक्ष दिपा बाहाेरा दाहाल समेतको उपस्थितिमा २३ घरधुरी परिवारलाई प्रति परिवार २ थानका दरले ४६ थान फाइबर सिरक वितरण गरेका छन् ।

सिरक वितरण कार्यक्रममा बाेल्दै मन्त्री श्रेष्ठले हायु जातिको दुःख, सुखमा बागमती प्रदेश सरकार साथमा रहेेकाे बताए । उनले आगामी दिनमा हायु जातिको उत्थानका लागि शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी लगायतको पुर्वाधार निमार्णमा बागमती प्रदेश सरकारले लगानी गर्ने पनि बताए । उनले सिरक वितरण आफ्नो र प्रदेश सरकारकाे सानाे सुरुवातमात्रै भएको बताउँदै हायु परिवारमा न्यानो भित्राउन पाएकाेमा खुशी व्यक्त गरे ।

मन्त्री श्रेष्ठले गत साता पनि सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. २ को बस्तिपुरमा बसाेबास गर्दै आएका ९३ घर परिवार र मरिण गाउँपालिका वडा नं. ७ को गैरीगाउँमा बसोबास गर्दै आएका ५१ घर परिवार थामी जातिलाई न्यानाे ओढ्ने (फाइबर सिरक) वितरण गरेका थिए ।

त्यस्तै कमलामाई नगरपालिका वडा नं. १ गुँरासे, कोप्चेमा बसोबास गर्दै आएका लोपोन्मुख १२० घर हायु जातिलाई पनि फाइबर सिरक वितरण गरिएको थियो । उनले लाेपाेन्मुख हायु जाति, थामी जाति र पहरी लगायतका जातिलाई सिरक वितरण गर्ने कामले निरन्तरता पाउने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !