३ असार २०८१, सोमबार

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना : ५ जनाको मृत्यु, ९ जना घाइते


रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना

जाजरकोट । रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

रुकुम पश्चिमको आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ भूकम्पपीडिका लागि जस्तापाता लिएर जाँदै गरेको रा १ द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मृत्यु हुनेमा आठविसकोट–१० का ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्की रहेका छन् ।

दुर्घटनामा रमेश सार्की, खड्गबहादुर पुन, दलबहादुर पुन, कुमार घर्ती, रमा गुरुङ सार्की, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की र मदन पुन घाइते भएका छन् । घाइतेहरुको नगरअस्पताल आठविसकोटा उपचार भइरहेको प्रहरीले बताएको छ ।

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उक्त ट्रयाक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक अहिले फरार रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !