६ जेष्ठ २०८१, आइतबार

पर्यटकीय विकासमा सघाउन तालीम


पर्यटकीय

२५ जेठ, पोखरा । पर्यटन क्षेत्रको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ पोखरामा बिहीबारदेखि दक्षता अभिवृद्धि विषयक तीन दिवसीय तालीम शुरु भएको छ ।

‘पर्यटन प्रवद्र्धन सँगसँगै’ भन्ने मूलनाराका साथ पोखरा सिटी रेवान, नेपाल पर्यटन बोर्ड र सिटिइभिटीको प्राविधिक सहयोगमा स्वस्थ खानाका परिकार तयार गर्नुका साथै भान्छा व्यवस्थापन विषयक तालीम प्रदान गरिने छ ।

तालीमको उद्घाटन गर्र्दै प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले तालीममा प्राप्त सिपलाई स्वदेशमै उपयोग गरी उद्यमी बन्न आग्रह गर्नुभयो ।

उहाँले मुलुकको युवा शक्तिलाई व्यावसायिक सिप प्रदान गरी उनीहरूमा उद्यमशीलता अभिवृद्धि गर्न प्रदेश सरकारले भरमग्दूर प्रयास गर्ने बताउनुभयो ।

फेवाताल वरिपरि मात्र केन्द्रित पर्यटकलाई ग्रामीण भेगमा विस्तार गर्न प्रदेश सरकारले गाउँ बस्तीमा घरबास, पदमार्गको विकासलगायतको पूर्वाधार तयारीमा जुटेको उहाँले उल्लेख गर्नुभयो ।

व्यावसायिक रुपमा रोजगारी सिर्जना गर्नुका साथै जीविकोपार्जनमा सर्वसाधारणलाई सहयोग पुग्ने गरी तालीम आयोजना गरिएको संस्थाका महासचिव जीवन दहालले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !