८ मंसिर २०८१, शनिबार

मनाङ एअरका घाइते पाइलट सेढाइँको उपचारका क्रममा निधन


प्रकाशकुमार सेढाइँ

काठमाडौँ । मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । गत असोज २७ गते शनिबार हेलिकप्टर दुर्घटनामा परी घाइते भएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा आज सोही अस्पतालमा उहाँको निधन भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिनुभयो । काठमाडाँमा उपचार हुन नसकेपछि सेढाइँलाई मुम्बई लगिएको थियो ।

अस्पतालका अनुसार सेढाइँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो । मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !