![andolan](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2016/06/julus.jpg?fit=800%2C533&ssl=1)
वीरगञ्ज : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आरोपमा शुक्रबार पक्राउ परेका नौ जना डाक्टरलाई बिना शर्त रिहा नगरे सोमबारदेखि आकस्मिक सेवासमेत बन्द गर्ने चेतावनी दिएको छ।
बिनाशर्त पक्राउ परेका चिकित्सकहरु सोमबार दिउँसो २ बजेसम्म रिहा नगरे वीरगञ्ज क्षेत्रको आकस्मिक सेवा पनि ठप्प पार्ने नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजले सरकार तथा सम्बन्धित निकायलाई अल्टिमेटम दिएको छ।
उनीहरुले वीरगञ्जमा शुक्रबारदेखि नै आकास्मिक सेवाबाहेक सबै सेवा ठप्प पारिसकेका छन्। तीन दिनदेखि सेवा ठप्प हुँदा वीरगञ्जको स्वास्थ्य क्षेत्र अस्तव्यस्त बन्दै गएको छ। वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले पछिल्लो घटनाले वीरगंजको सेवामा प्रतिकूल असर परेको बताए। गम्भीर किसिमका धेरै बिरामीहरु सीमावर्ती सहर रक्सौल र हेटौडा,चितवनतर्फ जान थालेको उनले बताए।