१० मंसिर २०८१, सोमबार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : एमबीबीएसका विद्यार्थी चितवनबाट पक्राउ


सिआइबी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थीलाई चितवनबाट पक्राउ गरेको छ ।

सीआईबीले सप्तरीको राजविराज–७ ठेगाना भएका नसिम अख्तरलाई गएराति चितवनबाट पक्राउ गरेको हो । अख्तरलाई चितवनबाट काठमाडौं ल्याइदैछ ।

उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनीमाथि काठमाडौंको सेन्ट जेभियर्स कलेज माइतीघरबाट आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !