२६ पुस २०८१, शुक्रबार

सुन तस्करी प्रकरण : थप तीन जना चिनियाँ नागरिक पक्राउ


बरामद भएको अवैध सुन

काठमाडौं । सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

आज मंगलबार पक्राउ परेकाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरी काठमाडौंबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पुरुष र एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने चिनियाँ नागरिकहरुमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) पक्राउ रहेका छन् ।

चीन जान लागेका उनीहरूलाई प्रहरी सीआईबीले पक्राउ गरेसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ । त्यसमध्ये यसअघि नै एकजना हाजिरी जमानीमा छुटेका छन् ।

यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !