११ आश्विन २०८१, शुक्रबार

बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण


Nepalpatra

१९ जेठ, महोत्तरी । महोत्तरी जिल्लामा गतवर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहतस्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सरकारले यसै महिनामा महोत्तरी जिल्लाका दुई हजार पाँच सय ४ घरपरिवारलाई जनही रु २५ हजारका दरले राहत उपलब्ध गराएको हो ।

सो रकममध्ये बाढीबाट क्षति भएका घरको मर्मतको लागि रु १५ हजार र न्यानो कपडाको लागि रु १० हजार गरी जम्मा २५ हजार प्रति परिवार वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताउनुभयो ।

महोत्तरीका बाढीपीडितले झण्डै एक वर्षपछि राहत पाएका छन् भने उनीहरुले विगत एक वर्षमा रु २५ हजार भन्दा बढी ऋण, कर्जा गरिसकेकाले सरकारसँग पुनः थप राहतको माग गरेका छन् ।

महोत्तरीमा गतवर्ष साउनमा आएका भीषण बाढीले नौ जनाको मृत्यु हुनुका साथै हजारांै घरवार विहीन भएका थिए । साथै जिल्लामा कडोरांै मूल्यको क्षति भएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !