२ मंसिर २०८१, आइतबार

भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर


सर्वोच्च अदालत

काठमाडौँ । नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) बढाएका कारण हवाई सेवा थप महँगो हुने भएकाले नाट्टाले भ्याट फिर्ताको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।

नाट्टाका अध्यक्ष रमेश थापाले पर्यटन व्यवसायीले हवाई क्षेत्रमा लगाएको भ्याटले हवाई सेवा महँगो हुने भएकाले सरकारले गरेको प्रावधान सच्याउन पटक–पटक माग गर्दासमेत सुनुवाइ नभएकाले न्यायको ढोका ढकढक्याउन बाध्य हुनुपरेको बताए ।

“नाट्टाका पूर्वअध्यक्ष परिषद्, नाट्टाका सदस्य, कानुन व्यवसायी, कर परामर्शदाताको सल्लाह र नाट्टा बोर्डको निर्णयबाट कानुनी उपचारमा जाने निर्णयानुसार रिट दायर गरेका हौँ”, उनले भने । सरकार र निजी व्यवसायीको सहकार्यले मात्र पर्यटन क्षेत्रको दिगो विकास हुने नाट्टाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !