७ मंसिर २०८१, शुक्रबार

सुन तस्करी प्रकरण : तस्करलाई गोदाम खोजिदिएको आरोपमा थप एक जना पक्राउ


पक्राउ

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा थप एक जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान विभागले नरेश भनेर चिनिने सुरेन्द्र तामाङलाई सुन व्यवस्थापनका लागि तस्करलाई गोदाम खोजिदिएको आरोपमा काठमाडौँबाट पक्राउ गरेको हो ।

तामाङलाई पक्राउ गरेर विभागले माथिल्लो नेक्ससबारे अनुसन्धान जारी राखेको छ । योसँगै सुन तस्करी प्रकरणमा अहिलेसम्म १७ जना पक्राउ परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !