३१ जेष्ठ २०८१, बिहिबार

बैतडीको भैरुमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु


शव फेला

काठमाडौं । बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–२, भैरुमा पहिरो खस्दा पुरिएर आमाछोराको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडी स्रोतले जनाएको छ । अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते भएको प्रहरीले बताएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । प्रहरीका अनुसार आज बिहान करिब २ बजेतिर घरमाथिबाट पहिरो खस्दा उनीहरू पुरिएका थिए । हातखुट्टामा चोट लागेका जागरीलाई उपचारका लागि बैतडीको सीमामा पर्ने दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !