१२ असार २०८१, बुधबार

नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या


गोली चल्यो

जनकपुर। नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका-२ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको हो ।

हिजो शनिबार रातीको समयमा मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको प्रहरीले जनाएको छ ।

महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भारतीय प्रहरीले नै गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !