
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो ।
आज सोमबार यातायात व्यवस्था विभागले नयाँ भाडा समायोजन गरेर सूची सार्वजनिक गरेको हो । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेकोलाई आधार मानी विभागले यात्रुवाहक सवारीमा २.१३ प्रतिशत भाडा घटाएको हो ।