६ जेष्ठ २०८१, आइतबार

गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला


समिरमान सिंह बस्नेत

काठमाडौँ । गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतलाई आज जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो ।

काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाका रहेका भनिएका समिरमान सिंह बस्नेतसहित काले भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ ।

हत्या गर्नका लागि गोली हान्ने दोषी ठहर भएका लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष, समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना निर्धारण भएको जिल्ला अदालत काठमाडौं स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !