१३ आश्विन २०८१, आइतबार

सुदूरपश्चिमका कानुनमन्त्री सवार गाडी दुर्घटना हुँदा ४ जनाको अवस्था गम्भीर


पृथ्वीबहादुर सिंह

काठमाडौं । सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहसहित ४ जनाको अवस्था गम्भीर रहेको छ ।

बझाङमा भएको दुर्घटनामा सिंहसहित ५ जना घाइते भएको बझाङ प्रहरीले जनाएको छ । डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी केदास्यु गाउँपालिका–१ धारछडामा दुर्घटनामा परेको हो ।

मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, बुहारी नाता पर्ने जयादेवी सिंह, अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको प्रहरीले बताएको छ । उनीहरूलाई स्थानीय पोलिक्लिनिकमा उपचारका लागि पुर्याएपनि पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !