२२ भाद्र २०८१, शनिबार

कालिकोटमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु


दुर्घटना

मान्म । कालिकोट जिल्लामा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । कालिकोटको शुभकालीका गाउँपालिका–६, गविरामा लु १ च ८४९८ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा हिजो शनिबार राति साढे ११ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । उक्त जीप सडकदेखि १५० मिटर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताए । “घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन्”, प्रहरी प्रमुख रिमालले भने, “जिपमा सवार तिनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !