असार-३,बुटवल:-रुपन्देहीकी समिक्षा सुवेदीले भर्खरै सार्वजनिक भएको एसएलसी परीक्षामा नेपाल प्रथम भएको दाबी विद्यालयले गरेको छ ।रुपन्देहीस्थित सैनामैना नगरपालिका मुर्गियामा रहेको सुनगाभा पब्लिक उच्च माविवाट एसएलसी दिएकी विद्यार्थी हुन् ।। समिक्षाले ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ४ अंक हासिल गरेकी छन्।
सतप्रतिशत अंक ल्याउँदै समिक्षा नेपाल टप भएको दाबी गर्दै विद्यालयले शुक्रबार बजागाजा सहितको खुसियाली र्याली आयोजना गरेको छ । बुटवलबाट झण्डै १२ किलोमिटर पश्चिममको उक्त विद्यालयको विद्यार्थी नेपाल प्रथम भएको भन्दै सो क्षेत्रका सर्वसाधारणहरुले नाचगान गर्दै अविरजात्रा गरेका थिए ।
२०७२ सालमा सञ्चालन भएको एस् एल् सी परिक्षामा ०४८७९९८ डि नम्बरको शिम्बोल नम्बर बाट सामेल भएकि सुवेदिको सबै विषयमा ए पलस ल्याएको हुदा देश भरि बाट अरु जानकारी नआएकोले उनि नै नेपाल नै प्रथम भएको जिल्ला शिक्षा कार्यलय रुपन्देहीले पनि दावी गरेको छ ।
जिल्ला शिक्षा अधिकारी टेक वहादुर थापाले नेपाल प्रथम नै सुवेदि भएको बताए । ’त्यसैगरी बुटवलस्थित अक्सफोर्ड उच्च माविका अमृत पाण्डेले ३.९५ अंक ल्याएका छन् ।अक्सफोर्डका प्राचार्य दिनेश भुसालले छात्रतर्फ अमृत नेपाल टपर भएको दाबी गरेका छन ।