१२ मंसिर २०८१, बुधबार

बुढानीलकण्ठ कार दुर्घटना : पृथ्वी मल्ललाई ४ वर्ष कैद, ४० हजार जरिवाना


उच्च अदालत पाटन

काठमाडौं । उच्च अदालत पाटनले बुढानीलकण्ठ कार दुर्घटनाका अभियुक्त पृथ्वी मल्ललाई ४ वर्ष कैद सजाय र ४० हजार जरिवाना हुने फैसला गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले मल्लले लापरबाही गरेर सवारी साधन चलाई पीडितको ज्यान गएको भन्दै दोषी ठहर गरेको हो ।

न्यायाधीशद्वय खरेल र घिमिरेको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै उक्त फैसला गरेको हो । यसअघि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ६ महिना कैद र १० हजार जरिबानाको फैसला सुनाएको थियो ।

यस्तै सरकारी वकिलले उनलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाखसम्म जरिवाना हुनुपर्ने सरकारी वकिलको दाबी थियो । तीन वर्षअघि २०७६ मंसिर २७ गते बिहान १० बजेतिर मल्लले मादकपदार्थ सेवन गरेर लापरबाहीपूर्वक सवारी चलाएका कारण मर्निङवाकमा निस्किएकी गोरखाकी लीला देवकोटाको मृत्यु भएको थियो ।

जिल्लाको फैसला फैसलाविरूद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन दिएको थियो । सोही पुनरावेदनमा आज कसुर कायम गरिएको हो । उच्च अदालत पाटनको यो फैसलासंगै उनले अव ४ वर्ष जेल जीवन बिताउने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !