३१ असार २०८१, सोमबार

सवारी चालक अनुमति पत्र नविकरण पाल्पाबाटै सुरु


लाइसेन्स आवेदन

रामपुर, पाल्पा । सवारी चालक अनुमति पत्र नविकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो ।

सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमति पत्र नविकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिए । कार्यालयले यही जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र नविकरणको काम थालेको छ ।

तानसेन नगरपालिका–७ बर्तुङ देवकोटा चोकस्थित कार्यालयबाट नविकरणको काम थालिएको प्रमुख सुनारले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !