१८ बैशाख २०८१, मंगलबार

स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि बजेटमा व्यवस्था गर्छौं : मन्त्री रिजाल


रमेश रिजाल

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । आज बिहिबार उद्यमी घरको शुभारम्भ एवं बृहत मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

स्वदेशी उत्पादनको बजारीकारणका लागि उद्योग मन्त्रालय सदैव लागि पर्ने विश्वास लिदाउदै मन्त्री रिजालले बजेटमा स्वदेशी उत्पादनको प्रवर्द्धनलाई विशेष व्यवस्था गरिने बताएका हुन् ।

मन्त्री रिजालले विदेश भ्रमणका क्रममा नेपालको तर्फबाट लगिने उपहारमा नेपाली उत्पादनलाई नै प्रयोगमा लेराउन मन्त्रीपरिषदमा समेत पहल गर्ने स्पष्ट पारेका छन् । नेपाली उत्पादन मार्फत नेपाली कला र शैलीलाई अन्तर्राष्ट्रिय जगतमा समेत परिचित गराउन मन्त्री रिजालले उद्यमीहरुलाई आग्रह गरे ।

मन्त्री रिजालले उद्यमी घरले घरेलु हस्तकला, कृषि तथा नेपाली उद्यमीहरुले गरेका उत्पादनहरुको बृहत प्रदर्शनी गरेर उद्यमीहरु तथा उपभोगकर्ताका लागि प्रसंशनीय काम गरेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !