१२ असार २०८१, बुधबार

काठमाडौँ महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट


प्रहरी बिट

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले काठमाडौँको पुरानो बसपार्कमा रहेको नेपाल प्रहरीको बिट भत्काएको छ । आज महानगरपालिकाले काठमाडौँको भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको जनाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै महानगरले हटाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !