५ जेष्ठ २०८१, शनिबार

दुवै खुट्टा नभएका हरिको जोस : सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान


हरि बुढामगर

काठमाडौं । पूर्वगोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । आज बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

दुवै खुट्टा नभएका शारीरिक रूपमा अशक्त बुढामगर कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । उनी कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्तिसमेत हुन् ।

सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानुभन्दाअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पाँच वर्षको पर्खाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए ।

सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानु भन्दाअघि उनले ५ वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरूलाई खुसी दिने विश्वास व्यक्त गरे ।

उनले आफ्ना लागि सगरमाथा आरोहणको समय दुई महिनाको हुने जानकारी लिए । सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !