३ असार २०८१, आइतबार

सिन्धुली बस दुर्घटना (अपडेट) : मृत्यु हुने संख्या ६ जना पुग्यो


सिन्धुलीमा बस दुर्घटना

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला रहेका छन् । यस्तै दुर्घटनामा घाइते हुनेको संख्या २८ जना पुगेको छ ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत काठमाडौं पठाउन लागिएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवाले जानकारी दिए । बसमा करिब ३४ जना यात्रु रहेको जनाइएको छ ।

घाइतेहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख सिलवालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !