७ बैशाख २०८१, शुक्रबार

बसको ठक्करबाट मोरङमा १ जनाको मृत्यु


दुर्घटना

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थित राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो दिउँसो १२ बजे मे. १ ख २२८३ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४३ प ३२४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

बसले मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा-६ का ३५ बर्षीय थम प्रसाद कोईराला र मोटरसाईकल पछाडि सवार रहेका उनका ६० बर्षीय बुवा उमाकान्त कोईरालालाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा उमाकान्त कोईरालाको मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक बेलबारी नगरपालिका-११ का नर बहादुर मगरलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !