७ बैशाख २०८१, शुक्रबार

चट्याङ लागेर भोजपुरमा १ जनाको मृत्यु, १ जना घाइते


मौसम

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-१२ स्थितमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । हिजो अपरान्ह ४ बजे स्थानिय भक्त बहादुर भुजेलको घरमा चट्याङ पर्दा घरमा बसिरहेका उनको १५ बर्षीय छोरा प्रदिप भुजेल र छिमेकी नारायण भुजेलको १३ बर्षीय छोरा सरोज भुजेललाई चट्याङले लागेर घाईते भएका थिए ।

घाईते भएका दुबै जनालाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा सरोज भुजेलको मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !