१२ असार २०८१, बुधबार

कसैको इच्छा विपरित होली नखेल्न काठमाडौं जिल्ला प्रशासनको आग्रह


जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ । केही दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै होली खेल्दा व्यक्तिको निजी जीवनमा असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगर्ने आग्रह गरेको हो ।

काठमाडौं जिल्ला प्रशासनले होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी नछ्याप्न आग्रह गरेको हो । यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने समेत आग्रह गरेको छ ।

यदि कानुन विपरितका गतिविधि गरे प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले चेतावनी दिएको छ । आगामी फागुन २२ गते पहाडी भेगमा र फागुन २३ गते तराईका जिल्लामा फागु पूर्णिमा वा होलीपर्व मनाइँदै छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको सूचना

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !