काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत पहिलो चरणमा संचालित काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत निर्माण गरिएका DNI र BDS पाइपलाइनहरुमा मेलम्चीको पानी पथान्तरण पश्चात पाइपलाइनको Commissioning & Testing को कार्य भइरहेको व्यहोरा सर्वसाधारणको जानकारीको लागि अनुरोध छ ।
Testing को समयमा पाइपलाइनमा भएको क्षति तथा अन्य कारणहरूबाट पानी लिकेज भई सडकमा पानी बग्ने हुन सक्छ । कुनै पनि स्थानमा सडकमा देखिएको लिकेज सम्बन्धी सूचना आयोजना कार्यान्वयन निर्देशनालयमा यथासिघ्र पठाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।
सूचना पठाउने ठेगाना :
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड
आयोजना कार्यान्वयन निर्देशनालय
अनामनगर, काठमाडौँ ।
टोल फ्री नं. : ११३९,
फोन नं. : ०१ ५७०५७७१/५७०५९१६
फ्याक्स नं. : ०१५७०५०५७
ईमेल : [email protected]
पुनश्च : यो सूचना यस आयोजना कार्यान्वयन निर्देशनालयको वेभसाईट https://kuklpid.org.np तथा यस निर्देशनालयको सूचना पार्टीमा समेत हेर्न सकिने छ ।