७ बैशाख २०८१, शुक्रबार

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, १ जना घाईते


दुर्घटना

बिराटनगर । झापा, मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो सुनसरीको ईटहरी उप-महानगरपालिका-१० खनारस्थित दक्षिणबाट उत्तरतर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटिमा सवार ईटहरी-१० का ४० बर्षीय सुरेन्द्र सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

यसैगरी आज मोरङको बेलबारी नगरपालिका-१ शिशौली चोक स्थितमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशातर्फ आउदै गरेको २ वटा साईकललाई ठक्कर दिदाँ घाईते भएका साईकल यात्री बेलबारी-२ का १९ बर्षीय लेखनाथ चौहानलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउन साथ मृत्यु भएको थियो भने अर्का साईकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भईरहेको छ ।

साथै आज झापाको कनकाई नगरपालिका- १ दुर्गापुर चोक स्थितमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको प्र १-०१-०१६-३१५९ नम्बरको मोटरसाईकलललाई बिपरित दिशाबाट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड-२ स्थित रहेको निधी क्याम्पसको बसले ठक्कर दिदाँ घाईते भएका मोटरसाईकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका-४ का ३५ बर्षीय समिर लिम्बुको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

सबै दुर्घटनामा संलग्न सवारी साधनहरु र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !