१ असार २०८१, शुक्रबार

‘खप्तड काव्ययात्रा’ मा तीन सम्मानित


Nepalpatra

८ जेठ, डोटी । ‘खप्तड काव्ययात्रा’ का क्रममा कलासंस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका डोटीका तीन जना सम्मानित भएका छन् ।

नेपालको पर्यटन प्रबद्र्धनका क्षेत्रमा काम गरिरहेको संस्था ‘कन्सेप्ट नेपाल’ ले मूर्तिकार धनबहादुर मल्ल, देउडिया गोपाल पार्की र हुड्के पदम नेपालीलाई जनही रु दश हजार तथा सम्मानपत्र प्रदान गरेको छ ।

सम्मानित व्यक्तिलाई सुदूरपश्चिमको कला, संस्कृति र लोकभाका संरक्षणमा महत्वपूर्ण योगदान गरेकाले सम्मान गरिएको काव्ययात्रा संयोजक अमृत भादगाउँलेले बताउनुभयो ।

खप्तडको पर्यटन प्रबद्र्धनका लागि राजधानीबाट थालनी भएको ‘खप्तड काव्ययात्रा’ सोमबार डोटी आइपुगेको थियो । यात्रा खप्तडतर्फ प्रस्थान गरेको छ ।

काव्ययात्रामा ‘राष्ट्रिय गान’का रचयिता व्याकुल माइलासहित कवि, लेखक, पत्रकार तथा साइकलयात्रीलगायतको टोली छ । यात्राको मुख्य उद्देश्य काव्य, पत्रकारिता तथा लेखनका माध्यमबाट खप्तडको पर्यटन प्रबद्र्धन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !