cfo’j]{b lzIf0f ejg pb3f6g
bfª, # kmfu’gM
/fi6«klt ljBfb]jL e08f/L a’waf/ bfªsf] a]nem’08Ll:yt g]kfn ;+:s[t ljZjljBfnosf] cfo’j]{b lzIf0f ejg pb3f6g ug'{x’Fb} . ;fydf ;~rf/ tyf ;”rgf k|ljlwdGqL /]vf zdf{ nufot ;xefuL . tl:a/M gf/fo0fL /hf}/]÷/f;; दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले दाङ जिल्लामा अवस्थिति नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटन गरेकी छन् ।
राष्ट्रपति भण्डारीले एक विशेष समारोहका बीच नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गरेकी हुन् । समुद्घाटन समारोहमा लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद थपलियाको उपस्थिति रहेको छ ।
रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।
नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको हो । तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् ।
उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको हो । महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ ।
राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै संस्कृत वाङ्मयका गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा जानकारी गराउने प्रयास गरिरहेको छ ।












