१५ बैशाख २०८१, शनिबार

शिक्षक बन्ने सपना पुरा गर्न ६८ वर्षको उमेरमा पुन: स्कुल भर्ना


durga-kami

२०७३,स्याङ्जा- कक्षामा सबैले हजुरबुवा भन्दा सुहाउने उमेरका हुनुहुन्छ ,तर शिक्षाले नत उमेर नै हेर्छ नत कुनै स्तर त्यो त मानवीय गुण हो जसलाई मानिसले आफ्नो इच्छा र प्रयास अनुरुप जहिले पनि प्राप्त गर्न सक्दछ।

durga kami

दुर्गा कामी अहिले ६८, बर्ष हुनुभयो, स्याङ्जा जिल्लामा रहेको श्री कालभैरब उच्च मा वि मा कक्षा १० मा अध्ययनरत दुर्गा कामी नेपालका सबैभन्दा बढि उमेरका छात्रपनि हुन्।

सामन्यतया यो उमेरमा स्कुल भर्ना भएर पढ्नु अचम्म पनि लाग्न सक्छ, तर दुर्गा कामीले भने आफ्नो शिक्षक बन्ने लक्ष्य पुरा गर्नका लागी पुन:स्कुल भर्ना भएको बताउनुहुन्छ।

घरबाट स्कुल पुग्न करीब एक धण्टाको बाटो हिड्नुपर्छ, तापनि स्कुलको युनिफर्ममा सजिएर लठ्ठि टेक्दै भएपनि दैनिकरुपमा स्कुल धाउछन कामी, हाल उनि कक्षा १० मा अध्ययनरत छन् उनका साथीहरु १५-१६ वर्ष उमेर रहेका छन्, कक्षामा उनलाई सबैले ‘बा’ भनेर बोलाउछन्।

 

गरिवीको कारणले सानो उमेरमै पढाइ छोड्नुपरेको र हाल पत्निको मृत्युपछि एक्लो जिवन बिताइरहेका कामीले आफ्नो शिक्षक बन्ने सपना पुरा गर्न स्कुल भर्ना हुने निर्णय गरे, उनी भन्छन्- म नमरुन्जेल पढ्न चाहन्छु।

उनी बस्ने घर यस्तो रहेको छ।

durga-kami


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !