८ बैशाख २०८१, शनिबार

९ किलो सुनसहित विमानस्थलबाट क्यानडाली नागरिक पक्राउ


पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको विमानस्थल भन्सारले बताएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२ बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद कमल मोहगोब रहेको छन् । उनी पहिलो पटक नेपाल आएको बताइएको छ ।

उनले शरिरमा पेटी बनाएर एक किलोका आठवटा विस्कुट आकारको सुन र र एक किलोको गोलाकार सुन भेटिएको हो । उनलाई पक्राउ गरि अहिले गौसाला प्रहरी वित्तमा राखिएको छ । उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !