७ जेष्ठ २०८१, सोमबार

आगलागीमा नौजना घाइते


fire

काठमाडौा, ३२ जेठ । काठमाडौा महानगरपालिका-१३ कालीमाटीस्थित कपिल डङ्गोलको जस्ताको टहरामा आज ग्यास चुहिएर आगलागी हुादा नौजना घाइते भएका छन् ।

डङ्गोलको जस्ताको टहरामा भारत मोतीहारी घर भएका ३० वषर्ीय विरु पण्डितले सञ्चालन गरेको पानीपुरी बनाउने पसलमा विहान ९ बजे ग्यास चुहिएर आगलागी हुादा सुरेन्द्र बलामी, विरु पण्डित, रोहित कुमार, लक्ष्मी साह, उमेश पण्डित, राकेश सिंह, अनमोल सिंहलगायत घाइते भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

घाइते मध्ये एक नेपाली र अन्य भारतीय रहेका छन् । घाइतेलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !