१२ आश्विन २०८१, शनिबार

पोखरा विमान दुर्घटना : सबै शव संकलन भइसकेपछि मात्रै पहिचान थालिने


पोखरा विमान दुर्घटना

गण्डकी । पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ ।

मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै सङ्कलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए ।

दुर्घटनाग्रस्त जहाजमा यात्रारतमध्ये हालसम्म ६० जनाको शव सेती खोँचबाट निकालिएको छ भने ३१ वटा हस्पिटलमा लगिसकिएको छ । कठिन भौगोलिक अवस्थितिका कारण केही शव क्रेनको प्रयोग गरी निकाल्ने प्रयास भइरहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !