७ मंसिर २०८१, शुक्रबार

काठमाडौं महानगरको सेवा प्रवाह आज बन्द रहने


काठमाडौँ महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाको सेवा प्रवाह आज बन्द रहने भएको छ । आज काठमाडौं महानगरको २८औँ महानगर दिवस मनाइने भएपछि केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सेवा बिहीबार बन्द रहने सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको हो ।

महानगरको प्रशासन विभागका अनुसार काठमाडौं महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालय र एकाइबाट प्रवाह हुने सेवा आज बन्द हुने भएको हो ।

महानगर दिवसको अवसरमा महानगरपालिकाले आज वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गर्न लागेको हो । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !